फर्किएर आऊदिन म मुटु ,सिई बस्नु तिमी॥
भेट्नभनि धाऊदिन प्याला ,लिई बस्नु तिमी॥
चन्द्रमाको बदनमा कसले पोत्यो कालोछाँया?
दागहरू मेटीदैनन् तर ,धोई बस्नु तिमी॥
झुकाऊदै त्यो शिरको सोभा, चुडाएर पाऊजु,
बेचीएर लुटीए पछी हेरी ,भुँई बस्नु तिमी ॥
मारिने र मरेकाले छोडेका छन् छाँपहरू ,
आशुझार्न मनछैन एक्लै,रोई बस्नु तिमी॥
पराई हावा अझैपनि ,चल्छ पाखा पखेरीमा,
परेलीमा बास छैन अन्तै गई बस्नु तिमी॥
शान्त थियो सुन्दर थियो सफा पनि थियो, तिम्रो
शहरको रहर बीच जहर, पिई बस्नु तिमी॥
फर्किएर आऊदिन म , मुटु सिई बस्नु तिमी,
भेट्नभनि धाऊदिन,प्याला लिई बस्नु तिमी॥
_____
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: