ब्लग - साहित्य / हाम्रो गजल

तकिया जस्तै जिन्दगी




   कमल थापा "बैरागी" - Aug 13 2018

धनिलाई सुख आराम, तकिया जस्तै जिन्दगी ।
गरीबको त धारिलो त्यो, हँसिया जस्तै जिन्दगी ।

न्यून आय परिश्रम त, परिचय भो निमुखाको ।
संधैभरी भारी बोक्ने, भरिया जस्तै जिन्दगी ।

फुर्सद छैन एकैछिन, जिउनै पर्ने बाध्यतामा ।
जोतिएर साँझ बिहान, हलिया जस्तै जिन्दगी ।

बाँचेकाछन परजिबी, हाँसी हाँसी समाजमा ।
कतिपय मान्छेहरुको, उपिया जस्तै जिन्दगी ।

त्यसै त्यसै टुक्रि टुक्रि, जान्छकी त ह्रास भएर ।
काम नलाग्ने फलामको, खिँया जस्तै जिन्दगी ।

केलाएरै जिन्दगानी, न त हजुर छान्न सक्छु ।
भकारीको घुन पुतला, बिँया जस्तै जिन्दगी ।

जिउनै पर्ने बाध्यता छ, पसिनाको मुल्य छैन ।
धेरै गर्छु थोरै आउछ, अधिँया जस्तै जिन्दगी ।

--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected]mropatro.com मा इमेल पठाउनुहोस् |



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 115.22
  • 115.82
  • European euro
  • 135.59
  • 136.3
  • UK pound sterling
  • 152.02
  • 152.81
  • Swiss franc
  • 120.51
  • 121.14
  • Australian dollar
  • 83.91
  • 84.35
  • Canadian dollar
  • 89.26
  • 89.72
  • Singapore dollar
  • 84.48
  • 84.92
  • Japanese yen (10)
  • 10.22
  • 10.28
  • Chinese renminbi (Yuan)
  • 16.83
  • 16.92
  • Saudi Arabian riyal
  • 30.72
  • 30.88
  • Qatari riyal
  • 31.65
  • 31.81
  • Thai baht
  • 3.55
  • 3.57
  • UAE Dirham
  • 31.37
  • 31.53
  • Malaysian ringgit
  • 27.9
  • 28.04
  • Korean Won (100)
  • 10.32
  • 10.37
  • Swedish Krone
  • 13.11
  • 13.17
  • Danish Krone
  • 18.18
  • 18.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम