'थाङ्गला' चिसो मरूभूमीको कथा | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

'थाङ्गला' चिसो मरूभूमीको कथा




नेपाली साहित्यका मूर्दन्य र दूर्लभ पात्र बरिष्ठ साहित्यकार अादरणीय सरुभक्त श्रेष्ठको आलेख 'थाङ्गला'मा आधारित अनि वरिष्ठ रगंकर्मी अनुप बरालको निर्देशनमा यहि भदौ १७ बाट असोज १५ सम्म बत्तिस पुतलीस्थित शिल्पी थिएटरको गोठालो नाटक घरमा प्रदर्शन गरिंदैछ ।



सुयोग ढकाल/हाम्रो पात्रो | नेपाली रगंमञ्चमा विगतको डेढ दशकदेखि स्वेदेशी एवं विदेशी नाटकहरुमार्फत मानिसका चेतना एवं कल्पनाशक्तिलाई अझै सुदृढ बनाउँदै सामाजिक विकास अनि समानताको अभियानमा रगकर्ममार्फत् अग्रसर अग्रणी संस्था 'एक्टर्स स्टूडियो'ले मानव जीवनको जटिलतालाई सरलीकृत रुपमा नाटकमार्फत् पस्किंदै आएको छ ।

रंगमञ्चका विविधताहरूमार्फत् आफ्ना प्रभावशालि नाट्य प्रस्तुती तथा रंगमञ्चमा अावश्यक बहूप्रतिभाशाली जनशक्ति उत्पादन समेत गर्दै अाएको 'एक्टर्स स्टूडियो'ले समकालीन समय र परिवेशलाई हामीसामू छर्लङ्ग पारिरहेको हामीसबैलाई विधितै छ । विगतको दशकमा नेपालीसमाजमा आएको रंगमञ्चको वढ्दो अभ्यास र लोकप्रियतामा शुरुवातकालिन सदस्य र तिन्को साझा थलो अनि रंग सिप सञ्चारमा आउने नाम हो एक्टर्स स्टूडियो ।



शहर अनि बन्द कोठा भित्रमात्र सिमित नभई एक्टर्स स्टूडियोले आफ्ना नाटकरुपी कोसेलीहरु गाउँका गोरेटो, घोरेटो, तरार्इका डगरहरु र मान्छे अनि अग्ला भगवनहरूको भीडमा समेत समय र सन्दर्भसंग नजिक रहेका विषयवस्तुहरू नाटकमार्फत् प्रस्तुत गर्ने गरेको छ ।

यहि अग्रणि रगंसंस्था 'एक्टर्स स्टुडियो' अनि तपार्इ-हामी सबैको प्रिय र नेपालीहरुले सर्वाधिक डाउनलोड गरेको मोबाइल एप्स 'हाम्रो पात्रो'बिच नेपालमा रगंकर्मको संस्थागत विकास अनि एक्टर्स स्टुडियोको विभिन्न क्रियाकलाप लगायतका नियमित रूपमा हुने नाट्य प्रर्दशन र यस सम्बन्धि ताजा जानकारीहरूलाई हाम्रो पात्रोले हजुरहरू समक्ष प्रस्तुत गर्ने जमर्कोको शुरुवात गरिएको छ ।

नेपाली साहित्यका मूर्दन्य अनि विशिष्ठ पात्र बरिष्ठ साहित्यकार सरूभक्त श्रेष्ठको आलेखमा आधारित वरिष्ठ रगंकर्मी अनुप बरालको निर्देशनमा यहि २०७३ भदौ १७ देखि असोज १५ सम्म बत्तिस पुतलीस्थित 'शिल्पी थिएटर'को गोठाले नाटकघरमा प्रदर्शन गरिंदैछ । 



यस बहुप्रतिक्षित नाटकलाई साताको मगंलवार बहेक हरेक बार साँझको ५ बजे पछि मञ्चन गरिनेछ भने शनिवार दिनको १ बजे अतिरिक्त मञ्चन गरिनेछ । छिट्टै हाम्रो पात्रोमा यस नाटकसंग सम्बन्धि थप साम्रगी पनि लिएर आउनेछौं । 

'एक्टर्स स्टूडियो'ले नेपाली रंगमञ्चमा कलात्मक, सार्थक र सामाजिकरुपमा प्रतिबद्ध नाटकहरू मञ्चन गरेर र यस्ता नाटकहरू मञ्चन गर्नसक्ने क्षमतावान रंगकर्मीहरूको उत्पादन गरेर विशिष्ट पहिचान बनाउँदै आएको छ र आफ्ना रयाडिकल, प्रयोगधर्मी एवं मौलिक कामहरुद्वारा नेपाली रंगमञ्चलाई विश्व रंगमञ्चको केन्द्रमा प्रयोगात्मक र प्रतिस्पर्धात्मक रूपले स्थापित गर्ने प्रयासको सहयात्रामा तपाइको प्रिय अनि विश्वसनिय मोवाइल सहयात्री हाम्रो पात्रोले पनि यसका हरेक गतिविधहरूमा संगसंगै पाइला चाल्नुका साथै रंगकर्मसंग सम्बन्धित भविष्यमा हुने नयाँ नविन नाटकहरूका बारेमा जानकारी तपाइ समक्ष क्रमशः प्रस्तुत गर्दै जानेछ ।

भदौ १७ बाट प्रसारण हुने नाटक
'थाङ्गला' चिसो मरूभूमीको कथा हो, हेर्न जाने हैन त ? 



तस्बिरहरू 'एक्टर्स स्टूडियो'ले उपलब्ध गराएको हो ।


Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.