ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

उसको ब्वाइफ्रेण्ड र म




   मनोज कुमार श्रेष्ठ - Aug 21 2017

बिहान उठेर भर्खर दात ब्रस गर्दैथें। "टिननन् " मोबाइलको रिङ टोन बस्न थाल्यो। नया नम्बरबाट कल आइ रहेथ्यो।

" यति बिहानै नया नम्बरबाट कसको कल हुन सक्छ ?" मनमनै कुरा खेल्न थाल्यो । मुखभरि टुथपेस्टको फिज थियो । यतिकैमा कल रिसिभ गर्दै बोलें, " हेलो" कलरको आवाज आयो , " हेलो, म तिम्लाई भेट्न चाहन्छु, दिउसो आउन सक्छौ ?" मैले उसलाई चिन्न सकिनं। केटाको आवाज, कतै सुने सुने जस्तो लाई रहेथ्यो, तर यसकै आवाज हो भनेर ठ्याक्कै ठम्याउनै सकिनं। मुखबाट टुथपेस्टको फिज हटाएपछि भनें, " मैले त तिम्लाई चिनिनं त। आफ्नो नाम भन त एक पटक !"

यो पनि हेर्नुहोस् : कथाः बुधनको घोडी

" मान्छे नै याद रहेनछ, अब नाम भन्नुको के अर्थ। बरु दिउसो वसन्तपुरको काल भैरव मुर्ति अगाडि आऊ। म तिम्लाई कुरि रहेको हुने छु।" उसले भन्यो । यति भनेर फोन पनि काट्यो।

" चिन्दै नचिनेको मान्छेलाई भेट्न म किन जाऊं।" मस्तिष्कमा निकै बेरसम्म यस्तै प्रश्नले डेरा जमाइ रह्यो । फेरि उसले फोनमा भनेको एउटा वाक्य सम्झें, " तिम्रो एउटा चिनो फिर्ता गर्नु छ मैले।" एउटा अपरिचित व्यक्तिसंग मेरो के चिनो हुन सक्छ ? मनमा साच्चिकै खुलदुलि उब्जाउन थाल्यो ,उसको यो कुराले। " सहरमा छल कपट गर्नेहरूको कमि छैन। सधैं सतर्क रहनु !" कसैले दिएको एउटा उपदेश सम्झें। " कतै यो पनि यस्तै छल गर्ने एउटा बाहना त होइन ?"

छल गर्ने मान्छेबाट सतर्क रहनु पर्छ भन्ने थाहा थियो । तर डराएर टाढा भाग्नु चै अबस्य राम्रो होइन। यसले आफु कमजोर रहेको जानकारि दिन्छ उसलाई । यसैले मैले पनि उसलाई भेट्न जाने निर्णय गरें।
दिउँसो १२ बजि सकेको थियो , म वसन्तपुर पुग्दा। ठ्याक्कै काल भैरव मुर्ति अगाडि आइ पुगें। बाटोमा आउने जानेको भिड थियो ।चिनेको मुहार कसैको थिएन। मान्छेहरु आउथें, भैरवलाई प्रणाम गर्दै अगि बढ्थे।

सबै मान्छे नै हुन्, सबै भगवानलाई नै मान्छन्, एउटै देशको एउटै सहरमा बस्छन्, तर कसैलाई चिन्दिनं, न त उनिहरुले नै मलाई चिन्छन्। अचम्म लाई रहेथ्यो, सहरको माहोल देखेर। अरुलेझै मुर्तिलाई प्रणाम गरें। यता उता हेरें। अहं, परिचित मुहार कोहि देखिनं। कानमा गुन्जिरहेथ्यो, बिहान कल गर्नेको आवाज। उसले भनेकै ठाउमा, उसले भनेकै समयमा आइ पुगेको थिएं, तर उसको कुनै संकेत पाई रहेको थिइनं।

मुर्तिको उत्तर पश्चिमतिर बस्ने ठाउँ रहेछ, बसेरै कुर्छु भनी सोच्दै अगि बढें। पेटि नजिक पुगेपछि देखें, एउटि केटि निन्याउरो मुहार बनाइ बसि रहेकी थिइ। केही बेर नजरहरु उसैमा अडिए। गोरो वर्ण, सेतो टि-सर्ट, निलो टाइट जिन्स पाइन्ट,शिरमा सर्लक्क स्ट्रेट कपाल अनि खुट्टामा हिल नभएको जुत्ता। काधमा छड्के ब्याग भिरेकी थिई। अलि नजिक पुगेपछि चिनि हालें, ऊ मेरै साथी थिई, कुनै बेलाको एकदमै नजिकैको साथी। धेरै दिन पछि उसलाई देख्न पाई रहेको थिएं।

उसको निकै नजिक पुगे पछि बोलाएं, " हाई, रेश्मा।" उसका आँखा मतिर फोकस हुन आइ पुगे। मलाई देखे पछि त झन् ऊ रुलाझैं पो गर्न थाली। सोधें," तिमी यहाँ ? त्यो पनि एक्लै !" मैले देख्लाझैं गरि उसले आँसु पुछी। यद्यपि मैले उसको आखामा आँसु देखि सकेको थिएं। भनी, " हाइ, आऊ न। यता बस । " म उसको नजिक बसें। " भन, तिमी चैं यहाँ किन ?" उसले सोधी। यति बोल्दा ऊ अलि फुरुङ्ग देखिई। सायद् , मसंग भेट्दाको खुशि हुनु पर्छ। मलाई यति बेला यस्तै लायो।

" कसैले भेट्न बोलाएको थियो ।" मेरो जवाफ।
सोधें, " तिमी किन आथ्यौ, भन न "
" अरु त के हुनु। मन बहकाउन आएकी। तर यो मन छ कि, बहकिनै मान्दैन।" उसको कुराले लाग्यो, उसलाई केही त पक्कै भएको छ। किनकि पहिले कैल्यै उसले मसंग यस्तो सिरियस कुरा गरेकी थिइन। " के भयो रेश्मा, सबै ठिक त छ नि ?"
" केही पनि ठिक छैन। सबै खत्तम भो। " उसले भनी। यो मन चस्कियो। ऊ साच्चिकै टिठ लाग्दो देखिएकी थिइ यति बेला।
सोधें," के भो, त्यो त भन !"
उसको वाक्य फुर्यो, " ऊ संग ब्रेक अप भो।"
" हं !!" मैले भनें," गफ नदेऊ न।मलाई त विश्वास नै लाग्दैन यो कुरा "
" विश्वास त मलाई नै लागेको छैन कि उसले मसंग ब्रेकअप गर्यो। तर यो सत्य हो।" उसले भनी।
" के भाको थ्यो र तिमी हरु बिचमा ?" मैले सोधें। भनी, " त्यस्तो केही नि भाको छैन। उसले प्रपोज गरेको भोलिपल्टदेखि नै मलाई एउटा कुरा भन्नू छ भन्दै थ्यो। मैले नै भन्न देको थिईनं। थाहा थिएन, उसले भन्न चाहेको कुरा यहि थियो ।" उसले भनी। उत्सुक हुदै सोधें, " के रैछ ,उसले भन्न चाहेको कुरा ?"
" ब्रेकअप " उसले भनी।
" के भनेकी यस्तो ? ब्रेक अप नै गर्नुथ्यो भने तिम्लाई किन प्रपोज गर्थ्यो र उसले !!" अचम्म लाग्यो मलाई उसको कुरा सुनेर।

ऊ मौन रहि, उदासिनता उसको मुहारमा स्पष्ट थियो ।
" उ: हेर त त्यहाँ परेवा। हिड न। उहाँ गई फोटो खिच्नु पर्यो।" काल भैरवको मुर्ति पछाडि इसारा गर्दै उसले भनी। त्यहा भुइमै थुप्रै परेवाहरु थिए। केही व्यक्ति परेवालाई चारा दिदै फोटो खिचि रहेका थिए। परेवालाई ख्वाउनेभन्दा नि फोटो खिच्नमा उनिहरुको बढि रुचि देखिन्थ्यो । लाग्यो, यस्तै छ हाम्रो देशको चलन। मान्छेहरु केही धर्मको काम गरेझैं गर्छन्। बढि फाइदा पनि आफै लिन्छन्। म अनुमान लाउन सक्थें, ती व्यक्तिहरुले खिचेका फोटोहरु फेसबुकमा राखे भने लाइक र कमेन्ट कत्ति धेरै आउलान्।

उसले कुराको प्रसंग नै मोडेकी थिई। बसेको ठाउबाट उठेर त्यतैतिर जान तयार भई। म पनि उ संगै जान तयार भएं।अझ भनुं, तयार हुनु पर्यो।त्यस्तै पचास वर्षका महिला परेवाको चारा बेच्दै थिईन् । रेश्माले दुई भाग चारा लिई।

यो पनि हेर्नुहोस् : उपन्यास “अनुष्का”

"यो समाऊ त" एक भाग मलाई दिदै भनी। अरु मान्छे हरु चारा फाल्ने र खानलाई परेवा आएको मौका छोपि फोटा खिच्दैथे। यो भिडमा रेश्मा पनि सामेल हुन पुगि। उसको पछि लाग्दै आएं म पनि।उसले खालि भुइँमा एक मुठि चारा फाली। परेवाहरु भुर्र उडेर चारा टिप्न आए। यसरी आएको परेवालाई देखेर उ निकै खुशि देखिएकी थिई। उसले फेरि चारा फाल्ने र परेवाले खान आउने क्रम दोहोरियो। " रेश्मा,, फोटो खिच्नी हैन ?" मैले सोधें। उसले भनी," जती रमाइलो फोटो खिच्नुमा छ नि, त्यो भन्दा कैयौं गुणा खुशि त परेवालाई यसरी चारा ख्वाउनुमा मिल्छ। "
" अगि त फोटो खिच्ने भन्दैथ्यौ त।"
मेरो हातको चारा लिदै भनी, " फोटो खिच्नु त एउटा वाहाना मात्रै हो।"

एक पटक वरिपरि अरुलाई हेरें, परेवालाई खाना दिएको निहुमा पोज दिनमै मस्त देखिन्थे। नजर मोडेर रेश्मालाई हेरें, परेवालाई चारा दिदै ऊ हासि रहेकी थिई। यति बेला उसलाई अरुभन्दा निकै भिन्न देखि रहेको थिएं। सायद् उ बाहेक अरु कसैलाई नचिनेको भएर नि हुन सक्छ।

मान्छे त ऊ पहिले देखि नै भिन्नै थिई। तर कैल्यै अनुमान लगाएको थिइनं, ऊ साच्चिकै यति सारो भिन्न छे।
" एउटा कुरा भन्छु है रेश्मा ?"
" के कुरा हो, भन न !"
"पाप लाग्ने छ उसलाई।" उसको मुहारमा हेरेरै भनें।
" कसलाई पाप लाग्ने छ भनेको तिम्ले?" उसले सोधी।
"तिमी संग ब्रेकअप गर्नेलाई भनेको नि।" मैले भनें।
" उम्,,, त्यो त हो।" उसले यति मात्र भनी।

दिउँसो दुई बज्यो। दुई घण्टा उसंग गफ गर्दा नै बितेछ। " खोइ, तिम्लाई भेट्न बोलाउने मान्छे त अझै आएनन् नि। कति बेला आउने हुन् ?" उसले सोधी।
बल्ल पो ख्याल आयो, म कसैलाई भेट्न आएको थिएं। भेट्न त कसैलाई भेटेकै थिएं, तर मलाई भेट्न बोलाउने ऊ नभई कोही अरु नै थियो ।
" धेरै पर्खाइ सक्यो। तैपनि देखा पर्दैनन् । खोइ, कति बेला आउने हो अब !" मैले भनें।
" फोन गरेर सोध न , कहाँ आइ पुग्यौ भनेर " उसले सुझाव दिई।
" भयो गर्दिनं फोनसोन। मैले भेट्न चाहेको हो र! उसैले भेट्न बोलाको हो, मन भए भेट्न आउँछ,नत्र यतिकै घर फर्किन्छु।" मैले भनें।
" आज कति तारिख हो ?" उसले सोधी।
भनें, " जुलाइ 20, किन र ?"
" आज अप्रिलफुल डे त हैन रैछ त। फेरि तिम्लाई बोलाएर किन कुराइ रहेछन् उसले !" अब भने अलि ठट्यालो पारामा बोल्ने भएकी थिई ऊ।
भनें," अप्रिलफुल डे नै भाको भए नि यति सजिलोसंग किन फुल बन्थे र म ?" कुरा सुनेर ऊ हासि।
" त्यो मान्छे नआउन्जेल लस्सि खान जानी हो ? यहाँ एकदमै मीठो लस्सि पाइन्छ नि।" नजिकैको एउटा लस्सि पसलतिर इसारा गर्दै मैले भनें।
 " म संग पैसा छैन आज! " उसले भनी।उसको कुरा सुनेर मलाई नि हास उठ्यो। मसंगै हासि ऊ पनि।
भनी, " जोक गरेकी। हिड जाम्।"

ऊ मेरो अगि लागि।म उसको पछि लाग्दै आएं लस्सि पसलमा। उसैले अर्डर गरि। पसलेले लस्सि बनाइ प्लास्टिको दुईटा कपमा राखेर दिए। उसलाई पहिलेदेखि नै लस्सि खुव मन पर्थ्यो। लस्सि मात्रै हैन, दुधको सबै परिकारहरु उसलाई सारै मन पर्थ्यो।

पिउदै गर्दा उसले भनी, " पहिले पनि ऊ र मैले संगै पिएका थियौं यहाँ लस्सि।" ऊ विगतका कुरा सम्झदै थिई।
" कास् अहिले पनि उ यहाँ भइ देको भए.." मैले भनें।
" के गर्थ्यो र उसले ? यो दिल दुखाएर छोडेको छ मलाई त्यसले " उसले भनी।
भनें, " अरु त केही नि गर्थेन होला... " यसो भन्दै गर्दा देखें, उसको ओठहरुमा लस्सि पोतिएको। भनाइलाई जारि राख्दै बोलें, " अरु केही नगरे नि तिम्रो ति ओठमा लागेको लस्सि चै पक्कै पुछ्दिन्थ्यो उसले।" ऊ हासेझै गरि। अनि आफैले ओठमा लागेको लस्सि पुछि।

यसपछि दुबै जना केही बेर मौन रहि लस्सि पिउन व्यस्त रह्यौ।

एउटा कुरा, साथीहरुको ब्रेकअप भएपछि उसको एक्सको नाम लिएर जिस्काउनुको मज्जा नै बेग्लै हुने। मैले पनि यस बेला बाम्वार उसको नाउ लिएर रेश्मालाई जिस्काउन थालें। मैले यसो गर्दा कैले ऊ रिसाउथी, कैले नबोलेर बस्थी।

यति बेला हामी वसन्तपुर दरवारको दक्षिणतिर फराकिलो ठाउमा थियोें। देखि रहेथ्यौं,केही व्यापारीहरु विदेशिलाई नेपाली उत्पादन देखाउदै आकर्षण गरि रहेका थिए। मान्छेको आवत जावत निकै बाक्लो देखिन्थ्यो । रेश्मा र म दक्षिणतिर फर्केर पेटिमा बसि रहेका थियौं ।

" ऊ संग रिलेसनशिपमा परेपछि तिम्ले मलाई त भुसुक्कै बिर्सेकी ,है रेश्मा ?" मैले उसको नाउ लिएरै यस्तो सोधेको थिएं।

यस पटक त रिसले चुर हुँदै उसले भनी, " मेरो छेउमा नाउ नलेउ त्यसको!" निकै ठुलो स्वरमा उसले यसो भनेकी थिई। वरपरका मान्छेहरु हामीलाई नै हेरि रहेका देखिन्थे। बाटो हिड्नेहरु पनि हामीतिर नजर नलाइ अगि बड्नै नसकेझै देखिन्थे। " यति सारो घृणा किन हो ऊ प्रति ?" मैले सोधें। स्वर अलि सानो तर रिस गरेरै भनी, " घृणा नगरेर के म पुजा गरुं अब उसलाई ?"

"अर्को केटो पट्याउने दाउमा छौ कि कसो ? " मैले सवालको सिलसिला जारि राखें।
भनी," तिम्लाई मैले पट्याइ रहनु पर्छ र?" उसको यो भनाइले मेरो जिउ सिरिङ्ग गर्यो। " के भनेकी यस्तो ?" अचम्म मान्दै मैले सोधें। उसले भनी , " तिम्ले जे सुन्यौ, त्यहि भनेकी हुं मैले।"
उसको कुराले मेरो बोली निस्किन गारो बनायो ।

केही बेर चुप बसें। उ पनि चुप थिई । लामो सास तानें। अनि उसका आखामै हेरेर भनें, " रेश्मा, तिम्लाई यो सम्झाइ राख्नु नपर्ला कि तिम्रो ब्वाइ फ्रेन्ड मात्रै नभई ऊ , मेरो पनि मिल्ने साथी हो। उसले एक दुई वचन तिम्लाई नराम्रो भन्यो होला, तर यसो भन्यो भन्दैमा तिम्ले मसंग यस्तो कुरा गर्न मिल्दैन।"

"त्यो मलाई पनि राम्ररी थाहा छ। तर मसंग अब अरु विकल्प पनि छैन।" उसले यस्तै भनी। थाहा थिएन, यी सब ऊ होशमा भनी रहेकी छ या बेहोशमा। यद्यपि म चैं यति बेला पुरै होशमा थिएं।अनि होशमै रहेर कुरा गर्नु पर्ने अवस्था थियो ।

विगतमा हामी बिचमा जे जे भए, ती पनि सबै याद थियो । ब्याच्लरमा पढ्दा भएको थियो, उसको ब्वाइ फ्रेन्ड र मेरो भेट। प्रणित हो उसको नाउ। रेश्मा र म पहिले देखि नै संगै हुन्थ्यौं। पछि प्रणित हामीसंग नजिक भएको थियो। रेश्मा जस्तै ऊ पनि मेरो मिल्ने साथि बन्यो। ब्याच्लर पढुन्जेल कैल्यै साथ छुट्थेन। यहाँसम्म कि क्याम्पसमा आउन पनि पहिले तिनै जना बिच फोनमा कुरा हुन्थ्यो। यदि तिनै जना आउने भए मात्रै क्याम्पस आउथ्यौं, नत्र तिनै जना एब्सेन्ट। ब्याच्लर अन्तिम बर्ष, तीन जनाले कम्बाइन् स्टडिबाट परीक्षा तयारि गरेका थियौं । परीक्षा सकियो । राम्रै भएको थियो परीक्षा।

परीक्षा पछि दुई दिन उनिहरु दुबैसंग कुरा भएन। उनिहरुले कल गरेनन्, मसंग कल गर्ने फुर्सद थिएन। दुई दिनपछि रेश्माले फोन गरेकि थिई। यहि कलबाट चाल पाएं, प्रणितले उसलाई प्रपोज गरेछ। रेश्माबाट प्रपोज एक्सेट्प भएछ पनि। त्यो दिन उनीहरु गोदावरि गएका रहेछन्। त्यहिं प्रणितले रेश्मालाई प्रपोज गरेको थियो । उनिहरु बिच यतिका कुराहरु भए, मलाई केही नि थाहा थिएन। गोदावरि घुम्न जादा पनि उनिहरुले मलाई बोलाएनन्। सारै चित्त दुख्यो मेरो ।

अर्को कुरा, मेरो ब्याक पेपरको परीक्षा दिनु पर्ने थियो । उनिहरु दुवैको ब्याक पेपर थिएन। ब्याकको परीक्षा सकाउन्जेल दुई महिना बिति सकेछन्। आज दुई महिना भइ सकेको थियो , उनिहरु दुबै संग भेटघाट र बोलचाल नभएको। अनलाइनमा पनि कुरा हुन्थेन। यो दुई महिनामा उनिहरु बिच के के भए, मलाई केही नि जानकारी थिएन। पुरै दुई महिना पछि मैले आज रेश्मालाई भेटेको थिएं।

भेटमा उसले प्रणितसंग ब्रेकअप भएको कुरा सुनाई। निकै दुख लाई रहेथ्यो। उसलाई बारम्बार प्रणितको नाम लिएर जिस्काइ रहेथें, यो सोचेर कि उनिहरु बिच भएको असमझ्दारि हटाइ फेरि एक बनाइ दिऊं। तर ऊ यति बेला मलाई नै लाइन मारि रहेकी थिई।
ऊ अझै चुप थिई। " रेश्मा, किन चुप बसेकी केही बोल न।"
मेरो कुरा सुनेपछि भनी, " तिम्रो कारणले हो, उसले मसंग ब्रेकअप गरेको ।" आफ्नो ब्रेकअप हुनुको दोष ऊ मलाई लाई रहेकी थिई। यो कुरा मलाई साच्चिकै मन परेन। भनें, " लौ, मैले के गरें र, मेरो कारणले तिम्रो ब्रेकअप हुनलाई ?"

उसले सोधी, " तिमीहरु दुई जनामध्ये सबैभन्दा पहिले मेरो साथी बन्ने को हो, भन त ?"
सिदा जवाफ दिएं , अझ भनुं, सत्य कुरा बताइ दिएं, " तिमी र म प्लस टुमा पढ्दा भेटेको , ऊ चाहिँ ब्याच्लरमा। अब आफै छुट्याऊ, पहिले साथी बन्ने को होला । "

उसले भनी, " जो जहिले भेटेको भए पनि मेरो नजिकको साथी त ऊ नै रैछ। तिमी त छुपा रुस्तम निक्ल्यौ।" आजसम्म ऊ बाट कुनै कुरा लुकाएको छु जस्तो लाग्थेन। विगतमा जीवनमा जे हुन्थे, सबै उसलाई बताउथें। तैपनि उ मलाई छुपा रुस्तम भन्दैथी।

यो पनि हेर्नुहोस् :  उपन्यास "मिस्ड कल"

" मैले के कुरा लुकाएं र, छुपा रुस्तम भन्नलाई ?"
मैले रिसाएझैं गरि सोधें। " केटाहरु कत्ति डरपोक हुन्छन् है?" उसले उल्टै प्रश्न पो सोधी।
भनें," मलाई डरपोक भन्ने हैन है, मैले चाहे भने जे पनि गर्न सक्छु।"
" खोइ, तिम्ले चाहेर के गर्न सक्यौ र, आफुले माया गर्ने मान्छेलाई झन्डै अरुको हातमा पठाएको थियोे ।" उसले भनी। कुरा समझमा आएझैं लागेन। सोधें, "तिम्ले भन्न खोजेको के हो रेश्मा ?"
उसले भनी," मैले अगि नै भनी सकें नि, प्रणितले मसंग ब्रेकअप गर्नुको कारण तिमी हौ। "
उसको यस्तो कुरा सुनेपछि चै मेरो सास रोकिएलाझै भो। "यतिका दिन सम्म ऊ बाट यो कुरा लुकाएर राखेको थिएं, आज सब पत्ता लगाइछे।" मनमनै भन्न थालें। तर यो मुख बन्द थियो । केही बोल्न खोजें, तर बोली फुरेन।

उसैले निरन्तरता दिदै भनी, " गोदावरिमा उसले प्रपोज गरेको दिन मेरो जिवनको सबभन्दा अविष्मरणिय दिन लागेको थियो । जिवनमा कसैले पहिलो पटक मलाई प्रपोज गरेको थियो, त्यो पनि आफुले राम्ररि चिनेको ,बुझेको र नजिकैको मान्छेले । उसको प्रपोजमा नो भन्नू पर्ने कुनै कारण देखिनं। मनले सहर्षै स्विकार्यो, उसको प्रस्ताव।

रातदिन बेग्लै हुन थालेको थियो, ऊ संग दुई ज्यान एक भएपछि। प्रत्येक दिन भेट हुन्थ्यो। ऊ मायाका कुरा गर्थ्यो, म त्यसकै गहिराइमा डुब्न पुग्थें। अनि डुबि रहन मन लाग्थ्यो। ऊ संग धेरै ठाउंहरु घुमें। ती ठाउहरु घुम्न जादाको पलहरु एकदमै अविष्मरणिय छन्। यस क्रममा अस्ति हामी सांगा गएका थियौं । विश्वकै सबैभन्दा अग्लो मानिने महादेवको मुर्ति अनि यस वरपरको वातावरण देखेर निकै खुशि थिएं। यो भन्दा पनि बढि खुशि थिएं, किनकि मेरो साथमा प्रणित थियो - मलाई माया गर्ने मान्छे।हामी दिनभरि उतै बस्यौं । महादेवको मुर्ति देख्दा लाईरहेथ्यो, उसको र मेरो मायाको उचाइ पनि मुर्ति जस्तै अग्लो होस्।

भगवान शिवको मुर्ति र यस वरपरको दृश्यावलोकन गर्दा नै दिन बितेछ। साझ घर फर्किने बेला भयो। काठमाडौं आउने मुल सडकमा आयौं। बस चढ्यौं। बसमा खासै भिड थिएन। यसका बावजुद हामी बसको पछाडिको सिटमा बसेका थियौं । म झ्यालतिर थिएं, प्रणित मेरो दायाँपट्टि। दायाँ हातले उसको हात समाइ रहेकी थिएं। बस काठमाडौंतिर हुइकिन थाल्यो।

" यो दुई महिनाको यात्रा तिम्लाई कस्तो लाग्यो रेश्मा ?" उसले सोध्यो। मेरो निम्ति यो दुई महिना साच्चिकै रमाइलो रह्यो। निकै नया अनुभवहरु महशुस गर्ने मौका मिल्यो। सबै कुरा बिर्सेकी थिएं, उसको साथमा रहदा। साच्चै भनुं भने यो दुई महिनाको अवधिमा मलाई तिम्रो याद पनि कैल्यै आएको थिएन। यस्तो ताकत हुदो रहेछ मायामा।

" यो दुई महिना म कैल्यै भुल्ने छैन प्रणित।" मैले उसलाई यस्तै भनेकी थिएं। सायद् हामी गठ्ठाघर भन्ने ठाउँ आइ पुगेका थियौं।
" अब त उसको ब्याक इक्जाम सक्यो होला है ?" तिम्रो नाउ लिएर मलाई उसले यस्तै सोध्यो। होला को भावमा टाउको हल्लाएं। उसले फेरि भन्यो, " अबदेखि हामी यसरी मिल्ने छैनौं रेश्मा। तिम्ले मलाई भुल्नु पर्छ अब" मसंग यस्तो भनेको थियो उसले। मैले भनें," ओके, अब आज छुटे पछि भोलिसम्म हामी नभेट्ने, बोल्दा पनि नबोल्ने !"
" कुरा यस्तो होइन रेश्मा, अबदेखि हामी साच्चिकै भेट्ने छैनौं।" उसले कुरा दोहोरायो।
" के भन्न खोज्दै छौ तिमी ?" मैले सोधें।
उसले भन्यो ," नराम्रो नमान रेश्मा। जति माया म तिम्लाई गर्छु, यो भन्दा कैयौं गुणा माया तिम्लाई अरु नै कसैले गर्छ। मैले धेरै नोटिस गरेको छु, उसले तिम्लाई असाध्यै चाहन्छ। "
" को हो त्यो ?" मैले सधें।
" तिम्रो निकै नजिकैको मान्छे। प्राय सधैं तिम्रो साथमा हुने मान्छे हो ऊ।" उसले सुनायो।
" भयो केही नबोल प्रणित। सुन्न पुग्यो मलाई। मलाई चाहने चाहे जतिसुकै होस्, मैले चाहेको त तिमी नै हौ। " बसमा यति बेला नारायण गोपालको गित गुन्जि रहेथ्यो, " यति धेरै माया दिई मनभरि पीडा नदेउ..." उसको कुराले मनमा साच्चै पीडा भइ रहेथ्यो।
" .. र मलाई यति पनि था छ, हामी साथमा रहेसम्म उ हामी बिचमा आउने छैन " उसले थप्यो, " जुन म चाहन्न रेश्मा। "
" तिमी किन यस्तो कुरा गर्दै छौ प्रणित। यस बारे नबोल प्लिज, मलाई सुन्नु छैन" मैले भनें। मलाई साच्चिकै उसले यस्तो कुरा गरि रहेको मन परेको थिएन।
" यो दुई महिनामा हामी बिचमा जे जे भए, कुनै गल्ति भएछ भने म माफि चाहन्छु रेश्मा। अब तिमी उसको साथमा जानू पर्छ, मेरो साथ छोडेर। " कत्ति सजिलै भन्न सकेको उसले। रुन मन लाई रहेथ्यो मलाई उसको कुरा सुनी रहदा।

मलाई केही बोल्न मन लागेछ। नबोलेरै रत्नपार्क आइ पुगिएछ। दुवै जना बसबाट ओर्लियौं। ऊ छुटेर जान तयार भयो, मलाई छुट्न गारो लाई रहेथ्यो।
" के ऊ त्यहि प्रणित हो, जसले दुई महिना पहिले मात्रै मलाई माया गर्छु भन्दै प्रपोज गरेको थियो ?" मलाई शंका लाई रहेथ्यो यति बेला ऊ प्रणित हुनु र नहुनुमा।
छुट्ने बेला उसले भन्यो ," अबदेखि हामी भेट्दैनौं रेश्मा। तिम्ले बुझि सकेउ होला, म के भन्न खोज्दै छु।" यति भनेर ऊ बाटो लाग्न थाल्यो। निकै बेर सोही ठाउमा उभि रहें। ऊ यी आखाबाट ओझेल पर्यो।
सरासर घर आएं। एक्लै कोठामा बसि रहें। मनमा पीडा भइ रहेथ्यो। आमा खानाको निम्ती बोलाउदै हुनु हुन्थ्यो ।खान मन थिएन। मन खुशि भए पो भोक महशुस हुन्थ्यो र खान मन लाग्थ्यो । सांगाबाट फर्किदा बसमा उसले भनेका कुरा दिमागमा खेलि रहेथ्यो।
" यदि छोड्नु नै थियो भने किन प्रपोज गर्याथ्यो उसले।" यहि कुराले मन खान थाल्यो ।
-------
कथाको बाकी अंश शिघ्र राखिनेछ ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.4
  • 104
  • European euro
  • 122.97
  • 123.68
  • UK pound sterling
  • 139.32
  • 140.12
  • Swiss franc
  • 106.12
  • 106.74
  • Australian dollar
  • 81.99
  • 82.47
  • Canadian dollar
  • 83.63
  • 84.11
  • Singapore dollar
  • 76.42
  • 76.87
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 15.69
  • 15.78
  • Saudi Arabian riyal
  • 27.57
  • 27.73
  • Qatari riyal
  • 28.39
  • 28.56
  • Thai baht
  • 3.12
  • 3.14
  • UAE Dirham
  • 28.15
  • 28.31
  • Malaysian ringgit
  • 24.63
  • 24.77
  • Korean Won (100)
  • 9.12
  • 9.17
  • Swedish Krone
  • 12.92
  • 12.99
  • Danish Krone
  • 16.53
  • 16.62