चारैजना कोचलाई अाफूतिर फर्काउन सफल ११ आवाज | Hamro Patro

ब्लग - साहित्य / द भ्वाइस अफ नेपाल

चारैजना कोचलाई अाफूतिर फर्काउन सफल ११ आवाज




   Suyog Dhakal - Sep 29 2018

कारावास जीवनवाट फर्किएका यी ट्यालेन्टले आफ्नो जीवनको एउटा नयाँ पाटो द भ्वाइस अफ नेपालबाट प्रारम्भ गरे । नारायण गोपालको कालजयी गीत "मलाई माफ गरिदेउ"मा उनको त्यस प्रस्तुतीका लागि दीप, अभया, सनुप अनि प्रमोदले क्रमशः बजर थिचेका हुन् । विवेक लामाले कोचका रुपमा अभायालार्इ रोजे ।



"द भ्वाइस अफ नेपाल" केवल ट्यालेन्टहरुको छनौटमात्र नभई ट्यालेन्टहरुको कोच छनौट पनि हो, यसै क्रममा केहि यस्ता निखारेका आवाजहरु ब्लाइण्ड अडिसनमा सहभागी थिए जसको प्रस्तुतीमा चारैजना कोचहरुले बजर थिचेर कुर्सि घुमाए । यि प्रतिभाशाली आवाज र सङ्गीतको अद्भूत प्रस्तुतीमा चारैजना कोचहरुले आ-आफ्नो समूहमा आउन निमन्त्रण दिए । बेलाबेला चारवटै दिग्गजहरुको अनुग्रहमा ति प्रतिभाहरु धर्मशंकटमा पर्दथे र बडो कठिनार्इ, चतुर्‍ईका साथ एउटा कोच रोजेर बाँकी कोचलार्इ निराश पनि बनार्इ जान्थे । 

चारैजना कोचहरुलाई फर्काउन सफल ती प्रतिभावान आवाजहरु को को थिए त ?

सुशील गड्तौला
सुशील गड्तौला आफ्नो शास्त्रिय टच अनि आवाजको मिठासले सम्पूर्ण कोचलाई आफूतिर फर्काउन सफल भए । शुरुमा प्रमोद, अभया अनि सनुप हुँदै कोच दीपले बजर थिचेका हुन् र उनले कोचका रुपमा प्रमोदलाई चुनेका छन् । सुशीलको गायकी, त्यसको गहिराई र शब्दशब्दको हृदयस्पर्शी अनुभूती अद्भुत नै थियो ।

कोही आई मेरो मनमा भन्दै राग हंसाध्वानीमा सुशीलले आलाप लिइरहँदा उनका आँखा संगीतको त्यो गहिरार्इमा चिम्म देखिन्थे अनि भावहरु आवाजले र संवेदनाहरु अभिव्यक्तिले प्रकट गरिरहेका थिए । यता कोच प्रमोदका आँखाले संगीतको त्यो साधक अनि उनको त्यो स्तरको प्रस्तुतीका लागि आँशु नै झारे, त्यो माहोल थियो संगीतको अनि त्यो मञ्च केवल "द भ्वाईस अफ नेपाल"को ।

राहुल विश्वास
बलियो आत्मविश्वासका साथ राहुल विश्वासले सत्यस्वरुपको गीत "भन तिम्रो मनमा के छ कुन्नी" प्रस्तुत गरेका थिए । शुरुमा दीप अनि अभया हुँदै सनुप र प्रमोदले बजर थिचेका हुन् । राहुल कोच दीपको टिममा छन् ।

आशिष गुभाजु
द एज ब्याण्डको "नचाहेको हैन तिमीलाई" भन्ने गीत प्रस्तुत गरेका गुभाजुको प्रस्तुतीको शुरुमै सबै कोचहरु यिनको आवाजको मोहमा परेका थिए। शुरुमा अभया अनि प्रमोद र सनुप अनि दीपले बजर थिचेका आशिष अहिले टिम सनुपमा छन् । आशिष गुभाजुको प्रस्तुतीमा उनको आवाज र साङ्गीतिक अभिव्यक्तिको गहिराईमा कोच अभयाले आँशु नै झार्न पुगिन् । नचाहेको हैन तिमीलाई भन्ने द एज ब्याण्डको गीतलाई गुभाजुले आफ्नो आवाज र गायकीले एउटा यस्तो आवरण दिए जसमा दर्शक अनि कोचहरु मन्त्रमुग्ध भएका थिए।

वर्ता गन्धर्व
भोजपुरकी वर्ता सारंगी अनि मौलिक गीतका साथ एउटा प्रतिनिधी पात्र बनेर आफ्नो गीतमा एउटा कथा बोकेर आएकी हुन् । उनको प्रस्तुतीको उत्तरार्धसम्म कोचहरु उनको गायकीमा डुबेका देखिन्थे । शुरुमा प्रमोदले बजर थिचे अनि क्रमश दीप र सनुपले पनि बजर थिचेका हुन् । वर्ता टिम प्रमोदमा छिन् ।

नवराज सापकोटा
शास्त्रिय मिठास प्रस्तुत गरेका यि आवाजको प्रस्तुती बहुतै लोभलाग्दो थियो। शुरुमा प्रमोद अनि सनुप हुँदै अभया र दीपले बजर थिचेका यो आवाज अन्ततः कोच दीपको टिममा प्रवेश गर्यो ।

राजु तामाङ
दीप श्रेष्ठकै सुप्रसिद्ध गीत "बितेका कुरा" प्रस्तुत गरेका यी आवाजका लागि प्रथम बजर कोच दीप स्वंयमले थिचेका हुन् अनि क्रमश अभया, सनुप र प्रमोद पनि फर्किएका थिए । उनले कोच दीपलार्इ रोजे ।

शैलु आर एल सिंह
गायीका श्रेया सोतागंको "मेरो दिलमा तिमी" भन्ने बोलको गीत शैलुको मनमोहक प्रस्तुतीमा प्रथम बजर अभयाको थियो । क्रमश सनुप, प्रमोद अनि दिप फर्किएका हुन । शैलुले भने कोच सनुपलार्इ रोजिन ।

सन्तोष राना
हेर्दा राम्रो माछापुच्छ्रे बोलको गीत प्रस्तुतगरेका यिनको दमदार प्रस्तुतीमा सर्वप्रथम कोच सनुपले बजर थिचेका हुन् । धेरै जसो पहिले बजर नथिच्ने सनुपको यो रोजाईमा क्रमश प्रमोद, दिप अनि अभयाले पनि पछ्याएका हुन् । सन्तोष सनुपको टिममा छन् ।

श्रेया राई
श्रेया राईले 'वनेल'को अग्रेजी गीत डन्ट "लेट मि डाउन" प्रस्तुती गर्न द भ्वाइसको स्टेज उक्लीएकी थिइन् र यस्तो प्रस्तुति दिइन की सनुप र अभयाले झण्डै एकैपटक बजर थिचे भने क्रमशः प्रमोद र दीप पनि उनीतिर फर्किन बाध्य बने । श्रेया टिम अभयामा छिन् ।

विवेक लामा
कारावास जीवनवाट फर्किएका यी ट्यालेन्टले आफ्नो जीवनको एउटा नयाँ पाटो द भ्वाइस अफ नेपालबाट प्रारम्भ गरे । नारायण गोपालको कालजयी गीत "मलाई माफ गरिदेउ"मा उनको त्यस प्रस्तुतीका लागि दीप, अभया, सनुप अनि प्रमोदले क्रमशः बजर थिचेका हुन् । विवेक लामाले कोचका रुपमा अभायालार्इ रोजे ।

योगेन्द्र उपाध्याय
दीप श्रेष्ठको सुप्रसिद्ध अनि कालजयी गीत "मेरो आँखामा भरिदिन" गाँउन स्टेज उक्लिएका यीनलाई प्रथम बजर अभयाले अनि क्रमश सनुप, प्रमोद र अन्तत दीपले पनि थिचेका हुन् । योगेन्द्रले प्रमोदलार्इ अाफ्नो कोच रोजे ।

चारैजना कोचहरुको रोजाईमा परेका यी आवाजहरु मध्यबाटै यस "द भ्वाइस अफ नेपाल" प्रथम सिजनको विजेता बन्नेछन् । आगामी ब्याटल राउण्डमा यी प्रतिभा को प्रस्तुती कस्तो हुनेछ ?

अागामी चुनौती पस्किन कोचहरुले के कस्तो रणनीति लिएर अोर्लने तयारी गरेका छन् ? कसरी तयार पार्दैछन् त आ-आफ्ना समुहका प्रतिभाहरुलार्इ ? हेर्दै रहनुहोला "द भ्वाईस अफ नेपाल" ।

हरेक शनिबार र आईतबार कान्तिपुर टिभीमा राती ९ बजेपछि र हाम्रो पात्रो मोबाईल एप्समा त्यसै दिन राती १० बजे पछि अनि भ्वाइस अफ नेपालको यूट्यूब च्यानलमा प्रसारण भएका ताजा सिरिजहरु हेर्न सकिनेछ साथै "द भ्वाइस अफ नेपाल" प्रथम सिजनका सम्पूर्ण अडियो गीतहरु हाम्रो पात्रोको "हाम्रो अडियो"मा गएर समेत सुन्न सक्नुहुनेछ ।

-----
"द भ्वाईस अफ नेपाल"का लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.