मलेसियामा स्वाभिमान लूटिरहनेलाई हामीले सम्मान गरिरहनुपर्ने? | Hamro Patro

ब्लग - साहित्य / तपाईँको समाचार

मलेसियामा स्वाभिमान लूटिरहनेलाई हामीले सम्मान गरिरहनुपर्ने?




   Pradeep Pangeni - Aug 18 2016

सरकारले गरेको निर्णयमा म्यानपावरहरुले १० हजार रुपैयाँको बिल मज्जाले थमाई दिएका हुन्छन् । तर यता १ लाख देखि १ लाख ८० हजारसम्म रकम असुलि गरिरहेका हुन्छन् ।



प्रदिप पंगेनी/मलेसिया | मलेसिया ८ देखि ९ लाख नेपालीको श्रम गन्तव्य मुलूक, आफ्नो देशमा योग्यता अनुसारको रोजगारी र उचित पारिश्रमिक नपाएर बाध्यता वा रहरले बिदेशीने नेपालीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ। नेपालमा सुने जस्तो नहुने र कल्पना भन्दा धेरै मार्मिक र दर्दनाक छ, मलेसिया।

मलेसियामै कार्यरत हरेक श्रमिकको बेथा तथा सत्य घटना हो । पत्रपत्रिकाकामा देखाए जस्तो ठूला पानामा फ्रि भिषा र फ्रि टिकटको नारासंगै बस्न, खान, हजारौ रुपैया तलब, हप्तामा १ दिन छुट्टी, ओभर टाईम आदि इत्यादिले भरिएका मीठा शब्दले मीठै सपना बोकेर आएका हजारौ नेपालीहरुको सपना काठमाण्डौबाट शुरु हुन्छ ।

आज खाडि र मलेसियामा मात्र करीब २ दर्जन जति नेपालीहरुलाई विभिन्न कारण व्लड मनि नत्र फासिको सजाँए सम्म हुनेवाला छ । यसमा कसको ध्यान जान्छ ? देशको अस्थिर राजनीति संगै नेता मुखी रोजगारको कारण वेरोजगारको चपेटामा परेका नेपालीहरु अन्तत बिदेशीन नै बाध्य छन् ।

के यो नेपाल देश अस्थीरताको उद्गमविन्दू हो ? के यो नेपाल देशलाई कहिल्यै पनि स्थायित्व, शान्ति, विकास र समृद्धिको आवश्यक्ता छैन र ? नत्र किन यत्रो युवा शक्ति बिदेश पलायन भइराखेका छन त ! सार्वभौम भइकन के देशमा स्वाभिमानमाथि अाक्रमण गरिरहनेलाई हामीले सम्मान गरिरहनुपर्ने नै हो ?

सरकारले गरेको निर्णयमा म्यानपावरहरुले १० हजार रुपैयाँको बिल मज्जाले थमाई दिएका हुन्छन् । तर यता १ लाख देखि १ लाख ८० हजारसम्म रकम असुलि गरिरहेका हुन्छन् ।

रकम असुली गरे पनि भनेको काम र तलब पाए त राम्रै हुन्थ्यो तर हुँदैन अनि शुरु हुन्छ त्यहाँबाट कामदार र कम्पनी विचको झगडा । पठाएको म्यानपावरसंग सम्पर्क गर्दा फोन सम्पर्क हुनै छाड्छ भयो भने पनि उसले थर्काउछ त्यहाँ कम्पनीले के भन्छ त्यहि गर्नु र फोन राख्दिन्छ । त्यसपछि कम्पनी छाडेर भाग्ने, मान्छेमा मानसिक रुपमा तनाव हुने गर्छ र उसले मादक पदार्थ सेवन गर्ने हो कि कम्पनीमा हड्ताल गर्ने के गर्ने थाहा हुँदैन ।

अनि गुहार्छ दूतावास उसले र रोजगारदाता कम्पनी संग दूतावासले सम्पर्क गर्दा सबै दिएको छ काम गर्न मान्दैन वा काम भनेको नै दिएको छ भन्ने जवाफ दूतावासले र दूतावासलाई दिन्छ ।

होइन भने किन मलेसियामा नेपालीहरु वैदेशिक रोजगारीमा आएका कामदारको पीर मर्का र गुनासोलाई समाधान गर्नुपर्ने जिम्मेवारी लिनुको साटो मलेसिया स्थित नेपाली दूतावास अहिले आफ्नो रगत,पसिना बेचिरहेका सोझा-साझा नेपाली कामदारलाई नै ठगी गर्ने र कमाइ खाने भाँडोको रूपमा परिचीत बन्दै गएको छ ।

नेपाली कामदारको हरेक विभिन्न समस्या दैनिक परेका छन। उनिहरु मध्य कति दूतावास नगइ त्यतिकै बस्छन,। त धेरै दूतावासको शरणमा पुग्न चाहने नेपाली युवालाई दूतावास परिसरमा नै रहेका दलालहरुले विभिन्न बहाना बाजिमा पैसा लुटने काम तथा ठगी गर्ने कार्य गर्दै आएका छन ।

दूतावाससम्म आएका सोझा नेपालीहरुलार्इ दूतावासकै सहयोगी बताउँदै नेपाली दलालहरुले ठगी गर्दै आएका छन । उनिहरुले ट्राभल डकुमेन्ट तयार गरिदिने, पासपोर्ट तयारी गरिदिने, मलेसियाली प्रहरीको सेटीङ गरिदिने भन्दै प्रति व्यक्ति ७० हजार देखि १ लाख ५० हजार रुपैयाँ सम्म असुली गर्दै आएका छन । सोझा र यसबारे नबुझ्ने कामदारलार्इ सम्बन्धित ठाउँबाटै दलालले दूतावाससम्म ल्याउने र शिक्षित युवाहरूलाई समेत दूतावास परिसरमा रहेको एजेन्सीहरुले नि:शुल्क पाइने राहदानी फारम र फोटो खिचेको २५ रिंगेट असुली गर्ने गरेका छन् । अहिले धेरै नेपालीहरु दूतावासबाट पीडित बनिरहेका छन । १/२ दिनमा हुने कामलाई १० दिनसम्म आउनुपरेको गुनासो पोखछन प्राय नेपालीहरू । झन् पैसा पो माग्छन् त्यही दूतावासमा भेटिएका एक नेपालिले आफ्नो नाम नखुलाउने भन्दै भन्दै दुखेसो पोखे ।

यसै गरि दैनिक सयौं नेपाली दूतावासकै अाडमा ठगी भर्इरहँदा सम्बन्धित निकाय किन मौन छ ? यस्तो नहोस् नेपाली कामदारले समान सेवा पाउन । सम्बन्धित निकायले यसबारे समयमैं ध्यान दिनु जरूरी छ ।
   
दूतावास र नेपाल सरकारले मलेसियामा रहेका नेपाली कामदारकोबारेमा बेलैमा सोच्नु पर्ने समय आएको छ । श्रमिकलाई समस्या पर्यो भन्नेले समाधानको उपाय पनि पाउनुपर्छ । के वैदेशिक रोजगार व्यवसायी संघ नाफा कमाउन बसेको संस्था मात्र हो त ? खै त अलिकति सामाजिक काम ? कहाँ कसलाई के उद्धार गरेको छ त ? कुनै तथ्याङ्क छ त ?

वैदेशिक रोजगार प्रबद्धन बोर्डमा अरबौं रुपैयाँ रहेको र त्यसको व्याज केहि खर्च हुन्छ तर वैदेशिक रोजगारमा परेका समस्याहरुलाई निराकरण गर्न उपलब्धिमूलक काम खै ? मलेसियाले लुटिरएको छ, मलेसियामै कार्यरत नेपालीको सपना !!!

----
तपाइको समाचार अन्तर्गत् प्रदिप पंगेनीले पठाउनु भएको ।
facebook id:- [email protected]
mail id:- [email protected]



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.