Brish | Nepali Yearly Rashifal 2081 | वृष वार्षिक राशिफल २०८१

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ । राहु एकादश रहनाले सकारात्मक फल मिल्नेछ, सुख सुविधामा बढोत्तरी हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ । घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । केतु प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला । जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह बलवान हुने हरूको लागि भने नराम्रा फल लाग्दैन । वृष राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ । अत: वृष राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ ।

व्यापार/व्यवसाय
यसवर्ष व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष त्यति राम्रो नरहन सक्छ । आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय ठिकै छ । खाद्य पदार्थको लगानी त्यति फलदायी नहोला । आर्थिक दृष्टिले जेठ, साउन र फाल्गुन महिना बढी राम्रो रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहेको छ । प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । आफ्नो कामको सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्नेछ । शत्रुसँग सम्बन्ध भने सुल्झन सक्छ ।

शिक्षा
यो वर्ष पढाई लेखाइको लागि विदेश जाने योग छ । विदेश जाने विद्यार्थीहरूले परीक्षामा राम्रो अङ्क हासिल गर्न सक्छन् । व्यवस्थापन र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । भाषा, कृषि र वाणिज्य विषय भने कमजोर रहन सक्छ ।

पेशा/रोजगार
यो वर्षको ग्रह गोचर हेर्दा दुई चार पटक मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेको छ । राजनैतिक क्षेत्रमा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । ठेक्का पट्टाका काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ, तर अपजसको सामना भने गर्नुपर्ला

स्वास्थ्य
आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला र स्वस्थ उपचारमा धन खर्च हुन सक्छ । वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग कम हुन सक्छ । प्रजनन र स्वास प्रस्वासमा समस्या देखिन सक्छ, तर नियमित व्यायाम र योग गर्नाले रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।

शुभ रङ्ग
सेतो, पर्पल, रातो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ४, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पिडाबाट बच्न र शुभ फल प्राप्त गर्न प्रत्येक शनिबार संकटा मन्दिरमा बत्ति बाल्ने । भोका र असहायलाई सहायता गर्नाले ग्रहपिडा कमभई भाग्यमा वृद्धि हुनेछ । बृहस्पति, केतु र शनिको शान्ति गर्ने र शनिबार दुर्गाजीको दर्शन, उपासना र आरधना गरि गरेको कार्यबाट लाभ मिल्नेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले पनि अधिक सफलता मिल्नेछ ।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.