Tula | Nepali Yearly Rashifal 2081 | तुला वार्षिक राशिफल २०८१

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि यो साल मिश्रित फलदायी रहनेछ । यश, कृति, लाभ, र आफन्तको सहयोग मिल्नेछ । चमत्कारी ढङ्गले सफलता मिल्नेछ । बृहस्पति, शनि, राहु र केतुको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ । गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनेछ तर यदि जन्म कुण्डलीमा उच्च तथा स्वगृह, मित्रगृह ग्रहहरू भए अधिक शुभफल मिल्ने निश्चित छ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार वा व्यावसायिक दृष्टिले एस वर्ष नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ । नगद सापटीको काम पनि नगरेकै राम्रो हुनेछ । एजेन्ट, सजावटी, जग्गा जमिन र मोटरगाडीबाट ठीकै लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा र बैङ्किङ क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । व्यवसायीका दृष्टिले साउन, कार्तिक र माघ महिनामा बढी लाभ हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेम र मित्रताको बन्धन सामान्य रहनेछ । प्रेमी / प्रेमिकाका घर परिवारबाट समर्थन जनाउनेछन् र सम्बन्ध विवाहमा परिणत हुन पनि सक्छ, तर जन्मकुण्डलीमा सप्तम भाव कमजोर भएका व्यक्तिहरूलाई भने प्रेममा केही अप्ठ्यारा परिस्थितिको सामना गर्नु पर्ला । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ ।

शिक्षा
यो वर्ष शैक्षिकक्षेत्र मिश्रित फलदायी रहनेछ । विज्ञान र सामाजिक विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । भाषा, स्वास्थ्य विषय तथा शिक्षाको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न, अत: विद्यामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ । अन्य विषयका विद्यार्थीहरूलाई पढाईलेखाईमा बाधा आउनसक्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता पाउनेछ । वैदेशिक रोजगारबाट राम्रो सफलता मिल्नेछ । सञ्चार, विलासिता तथा मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । इन्जिनियरिङ् विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । पर्यटन र कृषिको लगानीमा भने झमेला र समस्या बढ्न सक्छ ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । नासा तथा प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ ।
शुभ रङ्ग
गुलाबी, सेतो ,पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ५ , ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्ने र प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.