Brischik | Nepali Yearly Rashifal 2081 | वृश्चिक वार्षिक राशिफल २०८१

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

वृश्चिक राशि हुनेहरूका लागि यो वर्ष शुभ फलदायी रहनेछ । बृहस्पति र केतुको अनुकूलताले बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । विद्या र बुद्धिको विकास हुने साथै यश, कृति, लाभ, विजय, वाक्सिद्धि हुने र आफन्तको सहयोग मिल्नेछ । राहु र शनिको साढेसातीको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, शत्रु बाधा, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ, तर जन्मकुण्डलीमा शनि लगायत अन्य ग्रह राम्रो हुनेहरूका लागि शुभ फल मिल्ने निश्चित छ ।

व्यापार/व्यवसाय
यो वर्ष कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी फलदायक हुनेछ । ठेक्कापट्टा, सेवामुलक व्यवसाय, एजेन्ट, जग्गा जमिन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा र बैङ्किङ क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । आर्थिक दृष्टिले असार र मंसिर महिनामा बढी फलदाई हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थितिहरू पनि सिर्जना हुनसक्छ । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ । असारबाट पुराना र टाढिएका मित्रसँग सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा केही मतभेद भए पनि माया एवं समझदारी भने कायम नै रहनेछ ।

शिक्षा
यो वर्ष अध्ययन अध्यापनबाट सफलता मिल्नेछ । विज्ञान र शिक्षाशास्त्र, स्वास्थ्य, आई. टी. र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । वर्षको मध्यबाट शैक्षिक क्षेत्र कमजोर रहन सक्छ, जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला । शैक्षिक क्षेत्रबाट भाद्र र फागुन महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष नयाँ नयाँ काम वा रोजगारको अवसर मिल्ने र पदोन्नति हुने योग रहेको छ । मनोरञ्जन, सामाजिक तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन् । सञ्चार र सौन्दर्य पेशामा आवद्ध व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ । शेयर बजार र संयुक्त रुपमा गरिएको लगानी भने फलदायी नहुन सक्छ ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । शनिको अढैयाले गर्दा यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ । यो वर्ष प्रजनन, छाला र आँखाको समस्या बढ्नसक्छ र आफ्नो तथा आफ्नो हितैषीको औषध उपचारमा धन खर्च बढ्नेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ ।

शुभ रङ्ग
रातो, नीलो, हरियो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ५, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई वृद्धि गराउनको लागि राहु, केतु र शनिको ग्रह शान्ति, जप, पाठ र पूजा गर्नाले भाग्यमा वृद्धि हुनेछ । शनिबार पिपलको बोटमा जल चडाउने, दुर्गाजीको दर्शन, पूजा र उपासना गर्नाले पनि चाँडै सफलता अवश्य पाइनेछ । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.