सुरक्षित रहनुहोस् : आज मात्र ५८६ जना कोरोना संक्रमित, प्रदेश २ मा मात्र ३४८ जना
आज नेपालमा एकैदिन सबैभन्दा बढी ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ जसमध्ये प्रदेश २ मा मात्र ३४८ जना संक्रमित देखिएका छन् । त्यसबाहेक, कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गर्ने भनिएको 'डेक्सामिथासोन स्टेरोयड' नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध भएको खबरले आज निक्कै चर्चा बटुलेको छ ।