आज नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित र सरकारद्वारा कोरोना खर्च विवरण सार्वजनिक
शनिवार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास भएको छ। सांसद सरिता गिरीको संशोधन भने सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका छन् । काेराेना नियन्त्रणामा सरकार असफल भएकाे र भ्रष्टचार गरेकाे भन्दै युवाहरूले माइतीघर मण्डला आसपासको क्षेत्रमा प्रदर्शन गरेका छन् भने आज सरकारले अहिलेसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा तीनै तहमा गरी जम्मा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण समेत सार्वजनिक गरेको छ । नेपालमा आज मात्रै थप २७३ जना कोरोना संक्रमित भेटिएका छन् भने थप दुई जनाको मृत्यु भएको छ ।