भेनेजुएला भूकम्पमा मृतकको संख्या साढे तीन हजार पुग्यो, १६ हजार घाइते
baahrakhari.com · Tue Jul 07 06:39:36 GMT 2026

काठमाडौं । भेनेजुएलामा जुन २४ मा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या तीन हजार ५३५ पुगेको छ । यो प्राकृतिक विपत्तिमा हालसम्म १६ हजार ७४० जना घाइते भएको भेनेजुएलाको नेसनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले जनाएका छन् ।
अध्यक्ष रोड्रिगेजले टेलिग्राममार्फत जानकारी दिँदै भूकम्पका कारण १७ हजार ८५४ जना घरबारविहीन भएका र ६ हजार ४६२ जनाको सकुशल उद्धार गरिएको बताएका छन् ।
Read full story at source (baahrakhari.com)