घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेशमा घट्यो
shilapatra.com · Tue Jul 07 06:42:00 GMT 2026

चालु आर्थिक वर्षको ९ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार यहाँ जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेश प्रदेशमा भने ४.७९ प्रतिशतले घरजग्गा कारोबार घटेको छ । प्रतिवेदनका अनुसार आव २०८१/ ८२ को ९ महिनाको तुलनामा चालु आवको ११ महिनामा घरजग्गाको कुल कारोबारको संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ ।
Read full story at source (shilapatra.com)