सामसुङको नाफामा ऐतिहासिक छलाङ, दोस्रो त्रैमासिकमा १९ गुणा वृद्धि हुने अनुमान
aarthiknews.com

सियोल । कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि आवश्यक मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिकमा ऐतिहासिक नाफा हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक वित्तीय विवरणअनुसार अप्रिल–जुन अवधिमा परिचालन नाफा ८९.४ खर्ब वोन (करिब ५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा एक हजार ८१० प्रतिशत अर्थात् करिब १९ गुणा बढी हो।
Read full story at source (aarthiknews.com)