सजाइँदै टुटेश्वरनाथ मन्दिरः रङ्ग्याइँदै कैलाश
nepalnews.com · Tue Jul 07 07:06:08 GMT 2026

महोत्तरी। भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको सरसफाइ र सजाउने कार्य सुरु भएको छ।
‘मधेसको कैलाश’ भनिने मन्दिर वरपरका चुरेथुम्कामा रहेका रुखसमेत विभिन्न रङरोगन गरी कलात्मक रूपमा सजाइँदैछ। साउने मेलामा पुग्ने श्रद्धालुलाई विशेष अनुभूति गराउन साजसज्जा, रङरोगन र सरसफाइका कामलाई यस वर्ष विशेष रूपमा अघि बढाइएको मन्दिर संरक्षण समितिले जनाएको छ।
Read full story at source (nepalnews.com)