माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौती गर्यो, एक्सबक्स डिभिजनमा ठूलो असर
onlinekhabar.com · Tue Jul 07 07:02:41 GMT 2026

आईटी कम्पनी माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल कर्मचारीको करिब २.१ प्रतिशत हो। यस कटौतीको सबैभन्दा ठूलो मार कम्पनीको गेमिङ विभाग ‘एक्सबक्स डिभिजन’ मा पर्ने देखिएको छ।
माइक्रोसफ्टकी एग्जिक्युटिव वाइस प्रेसिडेन्ट एमी कोलम्यानले कर्मचारीहरूलाई पठाएको एक सन्देशमा तीव्र गतिमा परिवर्तन भइरहेको आईटी उद्योगमा कम्पनीले अब त्यस्ता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरेकी छन् । जसले ग्राहकहरूलाई बढीभन्दा बढी फाइदा पुर्याउन सकोस्।
Read full story at source (onlinekhabar.com)