भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
lokaantar.com

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी रहेको छ। शनिबार पुनः पेट्रोल र डिजेलको मूल्य बढाइएको छ। पछिल्लो वृद्धिअनुसार पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल प्रतिलिटर ९१ पैसा महँगो भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, राजधानी दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर प्रतिलिटर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेलको मूल्य ९१ पैसाले बढेर प्रतिलिटर ९२.४९ भारतीय रुपैयाँ कायम भएको छ।
Read full story at source (lokaantar.com)