भूकम्पमा हराएको १२ दिनपछि परिवारसँगै मृत भेटिए भेनेजुएला भलिबलका क्याप्टेन रिभास
nepalpress.com · Tue Jul 07 08:15:29 GMT 2026
एजेन्सी । भूकम्पमा परी भेनेजुएलाको राष्ट्रिय टोलीका क्याप्टेन विल्नर रिभासको मृत्यु भएको पुष्टि भएको छ । भग्नावशेषमा पुरिएको १२ दिनपछि रिभासको मृत शरीर उद्दार टोलीले फेला पारेको हो ।
गत जुन २४ मा गएको विनाशकारी भूकम्पमा परी रिभास बेपत्ता भएका थिए । उद्दार टोलीले काटिया ला मारस्थित एक भवनको भग्नावशेषमा रिभास, उसकी पत्नी मारियान्जेल र छोरा थियोको मृत शरीर फेला पारेका हुन् । दुई सातादेखि रिभासको खोजी कार्य भइरहेको थियो ।
Read full story at source (nepalpress.com)