ग्रामथानमा ‘पैसा नदिई जग्गा खाइदिए’ भन्दै धरधरी रोइन भागबती
rajdhanidaily.com · Mon Jun 15 23:16:00 GMT 2026

सुन्दरहरैंचा (मोरङ) । मोरङको ग्रामथान गाउँपालिका–४ का एक विपन्न दम्पतीले आफूहरूलाई पैसा नदिई झुक्याएर तथा डरत्रास देखाई जग्गा हडपिएको आरोप लगाएका छन्। स्थानीय सञ्चारकर्मीहरूमाझ आयोजित पत्रकार सम्मेलनमा सम्पन्न कुमार माझी र उनकी श्रीमती भागबती थारुले आफ्नो दुई कट्ठा १६ धुर जग्गा योजनाबद्ध रूपमा हडपिएको दाबी गर्दै न्यायका लागि सम्बन्धित निकायसँग गुहार मागेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै भागबती थारु भावुक बनेकी थिइन्। आफ्नो जीवनभरको दुःख, मेहनत र पसिनाबाट जोडेको सम्पत्ति गुमाउनुपरेको पीडा सुनाउँदै उनी धरधरी रोएकी थिइन्। उनका अनुसार विश्वास गरेका व्यक्तिहरूले नै छलकपट गरेर आफ्नो परिवारलाई उठिबास लगाउने प्रयास गरेका छन्।
Read full story at source (rajdhanidaily.com)