भ्रष्टाचारको व्याख्या परिवर्तन गरिसक्यौँ, कलम चलाउन ढिला गर्ने कर्मचारीलाई पनि कारबाही हुन्छ : मन्त्री लम्साल
nepalpress.com · Tue Jul 07 09:07:27 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफूहरूले भ्रष्टाचारको व्याख्या समेत परिवर्तन गरेको बताएका छन्। राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अब काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाही हुने बताए।
उनले भने, ‘हामीले खरिद ऐनमा स्पष्ट रूपमा काम ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाही गर्ने व्यवस्था गरेका छौँ। भ्रष्टाचारको व्याख्या परिवर्तन गरेका छौँ। पहिलाको भ्रष्टाचारको व्याख्यामा पैसा लेनदेन गरेको कुरालाई बढी फोकस गरेको थियो। अहिलेको खरिद ऐनले काममा ढिला गरेकोलाई पनि भ्रष्टाचार मानेको छ।’
Read full story at source (nepalpress.com)