रासुवाबाट उठेको जलवायु प्रश्न
ratopati.com · Fri Aug 28 09:28:46 GMT 2026

रसुवाको पहाडमा बाढी आएको वा पहिरो गएको खबर सुन्दा एउटा भूगोल मात्र हल्लिएको अनुभूति हुँदैन, मनभित्रको कुनै गहिरो संवेदना पनि हल्लिन्छ/बग्न पुग्छ । पहाडबाट खसेको माटो, ढुंगा र रूखसँगै कति परिवारका सपना बगे होलान्, कति आमाका आँसु माटोमा मिसिए होलान्, कति बाबुको जीवनभरको पसिना पुरिएको होला, कति बालबालिकाले संसार आँखै अगाडि भत्किएको देखे होलान् ।
पहिरोको आवाज र बाढीको गढगढाहट केही क्षणको हुन्छ, तर त्यसले छोडेको पीडा पुस्तौँसम्म रहन सक्छ । रासुवाको घाइते पहाडलाई हेर्दा लाग्छ— आज पहाड मात्र रोएको छैन, पृथ्वी स्वयं रोइरहेकी छिन् । हामी बाढी–पहिरोलाई प्रायः प्राकृतिक विपद् भन्छौँ । निश्चय नै यो प्रकृतिको एउटा प्रक्रिया हो । अत्यधिक वर्षा, कमजोर भूगर्भीय बनोट, भूकम्प, भूक्षय र पानीको असन्तुलित प्रवाहले यसलाई झन–झन विपत्तिमय बनाइरहेको हुन्छ ।
Read full story at source (ratopati.com)