देशविदेशका सम्झना
gorkhapatraonline.com · Sat May 23 03:57:19 GMT 2026

केही वर्षअघिदेखि उहाँले आफ्नो जन्मदिनमा नयाँ पुस्तक प्रकाशन गरेर जन्मोत्सव मनाउने परम्परा थाल्नुभएको छ । यसै मेसोमा गत वर्षको जुलाई २५ अर्थात् साउनमा ‘देश विदेशका सम्झना’ नामक नियात्रासङ्ग्रह प्रकाशित भएको छ । यस सङ्ग्रहमा स्वदेशका सात र विदेशका १० गरी १७ वटा नियात्राका लेख समावेश गरिएको छ । ‘पूर्वदेखि पश्चिमसम्म’, ‘सूर्योदयको देशमा सात दिन’, ‘देश विदेश’, ‘युरोपलाई नियाल्दा’, ‘मेरो स्मृति दर्पणमा देश विदेश’, ‘चाइना कार्ड’ र ‘हमर हवाई भ्रमण’ यसअघि नै प्रकाशित नियात्रा कृति हुन् । लेखकले स्वदेशका वीरगन्ज, जनकपुरधाम, लुम्बिनी र पाल्पा भ्रमणका सम्झना पाठकसामु पस्कनुभएको छ । विदेशतर्फ जर्मनी, बर्लिन, जापान, क्वालालम्पुर, आबुधाबी, भारतका कोलकाता र वैद्यनाथधाम देवघरको रोचक र मिठो सम्झना प्रस्तुत गर्नुभएको छ ।
वीरगन्ज अर्थात् विवाहगन्ज शीर्षकमा वीरगन्जको नयाँ परिचय दिने क्रममा यस सहरलाई विवाहोत्सव गर्ने उपयुक्त स्थान मानिएको छ किनभने वीरगन्ज अहिले वैवाहिक कार्यक्रमका लागि सबैको रोजाइमा पर्न थालेको छ । विवाहको आयोजना गाउँघरमा नगरेर सहरबजारस्थित धर्मशाला, होटेल तथा पार्टी प्यालेसमा गर्ने प्रचलन बढेको छ ।
Read full story at source (gorkhapatraonline.com)