नेपाल प्रहरीमा ठूलो सरुवा आँधी, इन्स्पेक्टरदेखि डीआईजीसम्म व्यापक हेरफेर तयारी
barnanmedia.com · Sat May 23 03:50:55 GMT 2026

काठमाडौं । नेपाल प्रहरी संगठनभित्र इन्स्पेक्टरदेखि डीआईजी तहसम्म व्यापक सरुवाको तयारी तीव्र बनेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लामो समयदेखि एउटै जिम्मेवारीमा रहेका तथा कार्यसम्पादन र विवादका आधारमा आलोचित केही कार्यालय प्रमुखहरूलाई हटाउने तयारी गरिएको हो।
विशेषगरी काठमाडौं र ललितपुर प्रहरी परिसरमा नेतृत्व परिवर्तनको चर्चा चुलिएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापा सामान्यभन्दा लामो समयदेखि जिम्मेवारीमा रहेकाले उनको सरुवा लगभग निश्चितजस्तै मानिएको छ। ललितपुर परिसरमा समेत नयाँ नेतृत्व ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।
Read full story at source (barnanmedia.com)