पाँच वर्षमा पनि गुल्मीका अस्पताल अलपत्र
gorkhapatraonline.com · Sat May 23 04:08:00 GMT 2026

शिलान्यास भएको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि गुल्मीका अधिकांश स्थानीय तहका अस्पतालहरू अझै सम्पन्न हुन सकेका छैनन् । २०७७ साल मङ्सिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा पनि अस्पतालहरूको शिलान्यास गरिएको थियो । तर, ती अस्पतालहरूको अवस्था अहिले पनि दयनीय छ ।
मन्त्री, पूर्वमन्त्री तथा प्रदेशस्तरीय नेताहरूले एकै दिन गाउँ–गाउँ पुगेर हतारहतार दुई–तीन वटा अस्पतालको शिलान्यास गरेका थिए । तर शिलान्यास भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पनि धेरै स्थानीय तहका अस्पताल निर्माणले अपेक्षित गति लिन सकेका छैनन् ।
Read full story at source (gorkhapatraonline.com)