गढीमाई नगरपालिकाका मेयरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
onlinekhabar.com · Tue Jul 07 09:39:09 GMT 2026

२३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयरसहित ३ जना तथा एउटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सर्तविपरित कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, सर्तविपरित बढी परिमाणको गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Read full story at source (onlinekhabar.com)