कस्टमर एक्सपेरियन्स जोनसहित साओमी नेपालका नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
shilapatra.com · Tue Jul 07 09:46:00 GMT 2026

विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले इटहरीको धरानलाइन र नारायणगढको लायन्सचोकमा आफ्ना नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले यी सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।