कस्टमर एक्सपेरियन्स जोनसहित साओमी नेपालका नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
shilapatra.com · Tue Jul 07 09:46:00 GMT 2026

विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले इटहरीको धरानलाइन र नारायणगढको लायन्सचोकमा आफ्ना नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले यी सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।
नयाँ सर्भिस सेन्टरमार्फत साओमीका स्मार्टफोन, वेअरेबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) तथा आईओटी उपकरणहरूको मर्मत, प्राविधिक सहयोग र आधिकारिक सेवा उपलब्ध गराइनेछ । साथै, साओमीका वास्तविक (जेनुइन) स्पेयर पार्ट्स प्रयोग गरिने भएकाले ग्राहकले भरपर्दो र गुणस्तरीय सेवा पाउने कम्पनीको भनाइ छ ।
Read full story at source (shilapatra.com)