थकाली भान्साघर संघले पायाे कलेक्टिभ ट्रेडमार्क लोगोसहित सर्टिफिकेट
news24nepal.tv · Tue Jul 07 10:11:54 GMT 2026

काठमाडौँ । थकाली भान्साघर संघ नेपालले उद्योग विभागबाट आधिकारिक रूपमा कलेक्टिभ ट्रेडमार्क सर्टिफिकेट र लोगो प्राप्त गरेको छ। संघले ‘थकाली भान्साघर संघ नेपाल’ नाममा कलेक्टिभ ट्रेडमार्कसहितको प्रमाणपत्र प्राप्त गरेको हो ।
संघका अध्यक्ष विवेक तुलाचनका अनुसार करिब तीन वर्षको निरन्तर प्रयासपछि संघले उक्त लोगो प्राप्त गर्न सफलता हासिल गरेको हो । सोमवार उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । उनका अनुसार यो लोगोले नेपालभर रहेका संघमा आबद्ध सदस्य थकाली भान्साघरहरूलाई आधिकारिक पहिचान दिनेछ ।
Read full story at source (news24nepal.tv)