भीमसेन थापा गाउँपालिकाद्वारा अक्युपञ्चर सेवा सुरु
ratopati.com · Sat May 23 05:12:08 GMT 2026

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । भीमसेन थापा-५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, “गाउँमा अक्युपञ्चर सेवाको सुरु भएपछि नसा, जोर्नी र पक्षघातजस्ता बिरामीको औषधिविना उपचार हुने भएपछि उपचारका लागि अन्यत्र धाउनु पर्दैन । नागरिकलाई घरदैलोमा सर्वसुलभ र प्रभावकारी वैकल्पिक स्वास्थ्योपचार सेवा पुर्याउने उद्देश्यले यो सेवाको थालनी गरिएको हो ।”
Read full story at source (ratopati.com)