सुदूरपश्चिम प्रदेशको सैंतिस अर्ब सत्तरी करोड बजेट
gorkhapatraonline.com · Tue Jun 16 00:46:23 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि चालु आर्थिक वर्षको तुलनामा बढाएर बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा ३७ अर्ब ७० करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । सरकारको यो बजेट हालसम्मकै सबैभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको सम्भावित बचत, आन्तरिक राजस्व वृद्धि र प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई आधार बनाएर बजेटको आकार बढाएको जनाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)