गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड
nepalnews.com · Tue Jul 07 10:35:00 GMT 2026

लमजुङ। गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा लमजुङको गाईखुरे झरना पर्न थालेको छ। बेँसीसहर नगरपालिका-१ दलालस्थित डुम्रे-बेँसीसहर सडक छेउमै रहेको त्यस झरनामा दैनिक पाँच सय पर्यटक पुग्ने गरेका पाइएको छ।
अघिपछि भन्दा सार्वजनिक बिदाका दिन पर्यटकको सङ्ख्या दोब्बर हुने गरेको छ। बेँसीसहर बजारबाट करिब छ किलोमिटरको दूरीमा रहेको करिब एक सय मिटर अग्लो उक्त झरना सहज पहुँचका कारण पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
Read full story at source (nepalnews.com)