जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति
khabarhub.com · Tue Sep 08 00:10:38 GMT 2026

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी बोकेर हजारौँ युवा सडकमा ओर्लिएको त्यो ऐतिहासिक दिनको आज (भदौ २३) एक वर्ष पूरा भएको छ। तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध सुरु भएको ‘जेनजी आन्दोलन’ ले नेपालको राजनीतिक र प्रशासनिक धरातललाई नै फेरिदियो। आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
सुरुमा डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उठेको यो आवाज छिटै राज्य सञ्चालनको शैली, भ्रष्टाचार, नातावाद, बेरोजगारी र अवसरको असमानताविरुद्धको आन्दोलनमा परिणत भएको थियो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जन नभई सूचना, शिक्षा, व्यवसाय र रोजगारीको माध्यम बनेकाले त्यसमाथिको प्रतिबन्धलाई युवाहरूले आफ्ना अधिकारमाथिको हस्तक्षेपका रूपमा लिएका थिए।
Read full story at source (khabarhub.com)