(अ)सामाजिक सञ्जालका शब्द बारुद नबनुन्
ratopati.com · Tue Sep 08 00:54:15 GMT 2026

मानिसले कतिपय प्राकृतिक विपत्तिको पूर्वानुमान गर्न सक्दैन । यसै कारण बेलाबेलामा ठुलो जनधनको क्षति हुने गर्छ । नेपालमा पछिल्लो हिमपहिरोको महाविपत्ति र त्यसपछिको परिस्थिति पनि यसकै उदाहरण हो । यस्तो विपतका बेला सञ्जालमा नेपालीले नेपालीकै लागि प्रयोग गरेको एउटा भिडियो द्रुत गतिमा फैलियो । भिडियोमा विपत्तिको त्रासदीबिच एक महिला अश्रुधाराका साथ याचना गर्दै थिइन, ‘मेरो श्रीमान् सुरुङभित्र फस्नुभएको छ, सरकार जसरी पनि सहयोग गरिदिनु पर्यो ।’
त्यो केवल एक पीडित पत्नीको भावविह्वल बिलौना मात्र थिएन; जीवन र मृत्युको दोसाँदमा अड्किएका आफ्ना प्रियजनलाई बचाउन राज्यको ढोका ढकढक्याइरहेकी एक असहाय नागरिकको आर्तनाद थियो ।
Read full story at source (ratopati.com)