अमेरिका थप सहयोग गर्न इच्छुक
gorkhapatraonline.com · Tue Sep 08 00:51:11 GMT 2026

नेपालमा भोटेकोशी हिमबाढीले गराएको जनधनको ठुलो क्षतिको घटनालाई अमेरिका सरकारले निकै चासोका साथ हेरेको छ । नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धको साझेदारीको आयामभन्दा माथि उठेर नेपालको विपत्मा सघाउन अमेरिका सरकारले इच्छा जाहेर गरेको छ ।
सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन संवाद भएको छ । अमेरिकाका विदेशमन्त्री रुबियोले नेपालमा भदौ १० गते लामटाङ लिरुङ हिमालबाट भोटेकोशी नदी हुँदै आएको हिमबाढीले निम्त्याएको महाविपत्तिप्रति अमेरिका सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो । आइतबार राति करिब ९ बजे विदेशमन्त्री रुबियोले रास्वपाका सभापति लामिछानेलाई टेलिफोन गर्नुभएको लामिछानेका सचिवालय प्रतिनिधि अविनाश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार टेलिफोन संवादका क्रममा विदेशमन्त्री रुबियोले भन्नुभयो, “तपाईंहरूलाई ठुलो विपत्को सङ्कट यतिबेला आइपरेको छ, यसबाट हामी (अमेरिका) पनि निकै दुःखी छौँ, दुःखको यस क्षणमा हामी नेपालसँगै उभिएका छौँ ।”
Read full story at source (gorkhapatraonline.com)