गगनसँगको संवादबारे इतर समूहलाई शेखरको ब्रिफिङ, देउवाको ‘ग्रेसफुल एक्जिट’ नयाँ बटमलाइन
barnanmedia.com · Tue Sep 08 00:42:07 GMT 2026

नेपाली कांग्रेसमा आन्तरिक विवाद समाधानका लागि डा शेखर कोइराला मध्यस्थकर्ताको भूमिका खेल्न अघि सरेका छन्। आइतबार सभापति गगन थापासँग भेटवार्ता गरेका शेखरले सोमबार अपरान्ह चुनदेवी पुगेर निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
संस्थापन इतर पक्षले अगाडि सारेका अधिकांश पूर्ववर्ती माग सम्बोधन गर्ने गरी सभापति थापाले राखेको प्रस्तावबारे शेखरले देउवालाई ब्रिफिङ गरेका हुन्। देउवा समूहलाई बाहिरै राखेर सहमति खोज्ने सभापति थापाको प्रस्तावमा कोइराला सकारात्मक छैनन्। सभापति थापाले १५ औँ महाधिवेशन गर्ने छुट्टै राजनीतिक ‘संयन्त्र’ बनाउन तयार रहेको भन्दै त्यसको नेतृत्व लिन शेखरलाई प्रस्ताव गरेका थिए।
Read full story at source (barnanmedia.com)