प्रधानमन्त्रीको भ्रमण सफल पार्न रास्वपा गृहकार्यमा
gorkhapatraonline.com · Tue Sep 08 01:00:49 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन जाने तय भएसँगै त्यहाँ उठाउने कार्यसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहकार्य सुरु गरेको छ । शाह पार्टीका वरिष्ठ नेता हुनुहुन्छ । महासभामा नेपालको तर्फबाट उठाउने विषयबारे सरकारको संरचनाभित्र र पार्टीको संरचनाभित्र छलफल थालिएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
प्रवक्ता खरेलले भन्नुभयो, “जलवायु परिवर्तनका कारण नेपालले गम्भीर क्षति भोग्नु परेको अहिलेको अवस्थामा नेपाललाई क्षतिपूर्तिका साथै ‘क्लाइमेट जस्टिस’ पनि चाहिएको छ । भोटेकोशी बाढीको विपत्तिबाट हजारौँ जनधनको क्षति भएको छ । नेपाललाई विश्व समुदायको सहायताभन्दा पनि क्षतिपूर्ति र न्याय चाहिएको अवस्थामा अन्तर्राष्ट्रिय जगत्मा के कुरा कसरी उठान गर्ने भन्नेबारेमा सरकारको संरचना र पार्टीको संरचनाभित्र छलफल थालेका छौँ ।”
Read full story at source (gorkhapatraonline.com)