झ्याप–झ्याप बत्ती जाने समस्याको समाधानका लागि कार्यदल गठन
annapurnapost.com · Tue Jul 07 11:47:01 GMT 2026

देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले कार्यदल गठन गरेको छ।
मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको हो। कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, समस्या समाधानका उपायहरूको कार्यान्वयन तथा जनताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ।
Read full story at source (annapurnapost.com)