कर्जा सुरक्षणसम्बन्धी सम्झौता
gorkhapatraonline.com · Tue Sep 08 01:31:06 GMT 2026

। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच ऋणीगत (एकल) कृषि कर्जा सुरक्षण योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार कृषि कर्जा सुरक्षण योजना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, बाजुराको बुढीगङ्गा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका गरी नौ वटा स्थानीय तहमा सञ्चालन हुने भएको छ ।
Read full story at source (gorkhapatraonline.com)