कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट आफन्तको डीएनए नमुना सङ्कलन शुरू गरिएको छ।
डीएनएका लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै थालिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्। यसअघि उक्त सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएकामा डीएनए सङ्कलनलाई थप सहज र सरल बनाउने उद्देश्यले एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए। बाढीमा परी ज्यान गुमाएका ७६ जनाको शव गत भदौ १६ गते पोखरा महानगरपालिका–१६ लामाचौरको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो।
Read full story at source (hamrakura.com)