डोल्पाको कागकोटमा पुग्यो फोरजी, स्थानीयमा खुशी
kalakarmi.com · Sat May 23 07:04:38 GMT 2026

काठमाडौं- नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो (२०८३ जेठ ८) देखि फोरजी (4G) सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले ४ हजार २ सय मिटर उचाईमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय निकायको संख्या ७५० पुगेको छ ।
Read full story at source (kalakarmi.com)