आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
nepalsamaya.com · Tue Sep 08 01:50:00 GMT 2026

काठमाडौं- आज ६०औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ। यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४औँ सत्रमा घोषणा गरेको थियो। सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो। यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो। विभिन्न देशहरूमा यो उत्सव मनाइने गरिन्छ।[नेपालमा भने तत्कालिन राजा वीरेन्द्रले विक्रम सम्वत् २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो।
Read full story at source (nepalsamaya.com)