भोटेकोशी बाढी : टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
nepalnews.com · Fri Aug 28 09:46:30 GMT 2026

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये २२ जनाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याएका ४४ जनामध्ये आज २२ जनाको उपचार भइरहेको र बाँकी २१ जनाको ‘डिस्चार्ज’ गरिएको जानकारी दिए। यस्तै, उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ। बाढीमा परेर गम्भीर घाइते भएका आठ जनाको आइसियुमा राखेर उपचार भइरहेको प्रवक्ता डा. सेढाइँले बताए।
Read full story at source (nepalnews.com)