थेराङ खोलाको बाढीले चार घर र एक पुल बगायो
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्गे पुल बगाएको छ। आज बिहान आएको बाढीले चुमनुब्री–४ का नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीबाट कुनै पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। बाढी आएको पूर्वजानकारी पाएलगत्तै स्थानीयवासी भागेर सुरक्षित स्थानमा पुगेका कारण ज्यान जोगिन सफल भएको उनले बताए। बाढीले सोही ठाउँको एक झोलुङ्गे पुलसमेत बगाएको छ।
Read full story at source (hamrakura.com)