पोखरामा शव पहिचान र परीक्षण सुरु
barnanmedia.com · Fri Aug 28 09:43:33 GMT 2026

: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका ९३ शव यस अस्पतालमा राखिएको छ । नौ वटा मणिपाल शिक्षण अस्पतालमा छन् । शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्बिर हेर्न व्यवस्था मिलाइएको छ । बाढीमा बेपत्ता भएकाका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ । पहिचान हुन नसकेका शवको ‘डिनए’ परीक्षणका लागि नमुना काठमाडौँ पठाइने उहाँको भनाइ छ । “शवको तस्बिर आफन्तलाई हेर्ने व्यवस्था मिलाएका छौँ”, आफन्तले पहिचान गरेपछि कानुनी प्रकृया पूरा गरेर शव बुझाउँछौँ”, प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “शव हिलाम्मे भएकाले सफा गरेर मात्र परीक्षण गर्नुपर्ने अवस्था छ ।”
Read full story at source (barnanmedia.com)