अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
ratopati.com · Tue Jul 07 12:39:16 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सर्लाही निवासी पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादव र उनको परिवारमाथि स्थानीय प्रहरीले गरेको भनिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै ट्याक्टर र ट्रकबिच भएको सामान्य सवारी दुर्घटनालाई लिएर प्रहरीले यादवको घर तथा गाउँमा बारम्बार छापा मार्ने, परिवारलाई त्रसित बनाउने तथा अतिरञ्जित ढङ्गले मुद्दा अघि बढाउने प्रयास गरेको आरोप लगाएको छ। पार्टीले यस्ता गतिविधिको विरोध तथा भर्त्सना गरेको छ।
Read full story at source (ratopati.com)