‘गोपाल गयो, अर्को गोपाल नजाओस्’
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौं । गत वर्षको जेन-जी आन्दोलनका क्रममा बिर्तामोडमा प्रहरीको गोली लागेर ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–११ का ज्ञानिन्द्र (गोपाल) सेढाईंको परिवार एक वर्ष बित्नै लाग्दा पनि शोक र पीडामा बाँचिरहेको छ। छोराको निधनको पीडासँगै उनीहरूलाई किन गोली प्रहार गरियो भन्ने प्रश्नले अझै पनि झस्काइरहने गरेको छ।
गत वर्ष भदौ २४ गतेको आन्दोलनमा छातीमा गोली लागेर गम्भीर घाइते भएका गोपालको बिएण्डसी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो। घटनाको दिन बिहान रक्तदान गरेर बुबालाई अस्पताल पुर्याएका र त्यसपछि साथीहरूसँग बिर्तामोड बजार गएका गोपालको निधनले उनका परिवारका सबै सपना चकनाचुर बनाएका छन्। आगामी मङ्सिरमा छोराको बिहे गर्ने र घरमा नयाँ बुहारी भित्र्याउने सपना बुनेका ८३ वर्षीय बुबा धनपति सेढाईं र आमा गुनमायाका लागि अहिले घर केवल सम्झनाको बाकस बनेको छ।
Read full story at source (hamrakura.com)