फ्रान्सेली राष्ट्रपतिको सिरिया भ्रमण : बसेको होटल नजिकै विस्फोट हुँदा १८ जना घाइते
nagariknews.nagariknetwork.com · Tue Jul 07 12:51:36 GMT 2026

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सिरिया भ्रमणका क्रममा मंगलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन्।
त्यहाँको गृह मन्त्रालयका अनुसार विस्फोटमा कम्तिमा १८ जना घाइते भएका छन्। केही दिनयता राजधानीमा भएको यो दोस्रो ठूलो विस्फोट हो। लामो समयदेखिको तानाशाही शासन अन्त्य भएपछि पश्चिमी राष्ट्रका नेताले गरेको यो पहिलो भ्रमणलाई नयाँ सरकारका लागि ठूलो धक्काको रूपमा हेरिएको छ। विस्फोट हुँदा म्याक्रोन राष्ट्रपति भवनभित्रै थिए। एलिसी दरबार का एक अधिकारीले म्याक्रोन सुरक्षित रहेको र सिरियाली राष्ट्रपति अहमद अल-शारासँगको भेटघाट जारी राखेको बताए। उनले नाम नबताउने सर्तमा म्याक्रोनको सुरक्षा अवस्थाबारे जानकारी दिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)