अस्पताल वरपर सुर्तीजन्य वस्तु बिक्री वितरण गरे कारबाही
gorkhapatraonline.com · Sat May 23 07:42:10 GMT 2026

जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मी अस्पतालको हाता वरपर सुर्तीजन्य वस्तसहरु बिक्री वितरण गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले यस्तो कार्य गरेको पाइएमा कानून अनुसारको कारबाही हुने जानकारी दिनुभयो ।गुल्मी जिल्ला अस्पताल आसपास सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न एक सय मिटर दूरीभित्र रहेका छ वटा व्यवसाय तथा चार वटा सार्वजनिक निकायमा निरीक्षण गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)