बाढीपहिरोका कारण देशका यी सडक खण्डहरू अवरुद्ध
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (मंगलबार) बिहान ६ः३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।
काठमाडौँ र धादिङको सिमानास्थित चन्द्रागिरि नगरपालिका–२ चिसापानी पहिरोका कारण अवरुद्ध बनेको सडक खण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यस्तै, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्मको विशेष परिस्थिति र सुरक्षा मूल्याङ्कन गरेर मात्र सो खण्डमा सवारीसाधन सञ्चालन गरिने प्रहरीले जनाएको छ।
Read full story at source (hamrakura.com)