कर्णालीका सबै पालिका र सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने
canadanepal.com · Tue Jul 07 13:00:48 GMT 2026

काठमाडौँ - पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन् ।
मंंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिबद्धता जनाएका हुन् । कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाइ थियो । हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एन्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको उनले जानकारी दिए ।
Read full story at source (canadanepal.com)